धौलागिरि खबर

मराङका पहिरो पिडितका लागि पौने २३ लाख सहयोग जुट्यो

बेनी, २६ साउन । म्याग्दीको धवलागिरी गाउपालिका–६ मराङका पहिरो पिडितहरुका लागि करिब २३ लाख रुपैयाँ नगद सहयोग संकलन भएको छ भने बीस लाख रुपैया मूल्य बराबरको राहत सामग्री वितरण भएको छ ।

समुदाय स्तरबाट सहयोग जुटाउन वडा अध्यक्ष राजाराम सुवेदीको अध्यक्षतामा गठन भएको मराङ राहत तथा पुनस्थापना कोषमा आइतबारसम्म २२ लाख ७६ हजार २९० रुपैयाँ संकलन भएको हो ।

यसैगरी विभिन्न संघ संस्था र व्यक्तिहरुबाट १९ लाख ७३ हजार ४५० रुपैयाँ बराबरको नगद, खाद्यान्न र जिन्सी सामग्री वितरण भएको कोषका सचिव चक्र पुनले जानकारी दिनुभयो । वडा अध्यक्ष सुवेदी र ज्ञानबहादुर गर्बुजाको नाममा प्रभु बैंकमा खाता खोलेर सहयोगका लागि अपिल गरिएको थियो ।

Rara Auto Mobiels

कोषको पहलमा संकलन भएको रकम र वितरण गरिएको सहयोग विवरण सोमबार सार्वजनिक गरिएको हो । ‘संकलित रकम पहिरोपिडितको पुनस्थापनाका लागि परिचालन गर्छौ,’ वडा अध्यक्ष सुवेदीले भन्नुभयो ‘सहयोग संकलन अभियानलाई पनि जारी छ ।’

गत असार २६ गतेको पहिरोका कारण मराङको विभिन्न ठाउँमा ९ वटा परिवारका १९ जनाको मृत्यु र दुई जना वेपत्ता भएका थिए । ९ जना घाइते भएका थिए । ९ वटा घरमा पूर्ण र ८ वटा घरमा आंशिक क्षति पुगेको छ । कल्लेनी बाहेकका बस्तिमा ९० घर पहिरोको उच्च जोखिममा छन् । कल्लेनीमा जोखिममा परेका घरसंख्या प्रहरीबाट प्राप्त हुन बाँकी छ ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...