धौलागिरि खबर

बैकल्पिक सडक बनाउन नारच्याङबासीको प्रस्ताव

बेनी, २२ साउन । नारच्याङका बासिन्दाले बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङ हुदै मुस्ताङको घाँसा पहिरोथाप्ला जोड्ने बैकल्पिक सडकको प्रस्ताब गरेका छन् ।

कालीगण्डकीको बायाँतर्फ रहेको बेनी–जोमसोम सडक अन्तरगत रुप्से, काभ्रे र बादरजुङ भिर क्षेत्रमा पहिरोले निरन्तर रुपमा सडक अवरुद्ध बनाएपछि नारच्याङबासीले आफ्नो भूगोलमा बैकल्पिक सडकको प्रस्ताव गरेका हुन् ।

कालीगण्डकी नदीको दायाँ किनारमा रहेको नारच्याङको घराप, गाडपार, कोप्चेपानी हुदै घाँसाको पहिरोथाप्ला जोड्ने बैकल्पिक सडक बनाएमा दानाको भूगोलमा पहिरो गएर अवरुद्ध हुँदा विकल्पको रुपमा प्रयोग गर्न सकिने उनिहरुको भनाई छ ।

Rara Auto Mobiels

नागढुङ्गा देखि नारच्याङ हुदै पहिरोथाप्ला सम्म बैकल्पिक सडक बनाएमा काभ्रेभिर क्षेत्रमा अवरुद्ध हुँदा आवत जावतमा सहज हुने नारच्याङका तेज गुरुङले बताउनुभयो । “कालीगण्डकीको वारी र पारीको सडकको दुरी बराबर जस्तै हो,” उहाले भन्नुभयो “मुख्य सडक अवरुद्ध हुँदा प्रयोग गर्न मिल्ने बैकल्पिक सडक बनाउन आवश्यक छ ।”

काभ्रेभिर, बादरजुङभिर, रुप्से र तितरमा पहिरो र बाढीले सडक कटान गरेपछि बेनी–जोमसोम सडकको दाना देखि घाँसा सम्म करिब ८ किलोमिटर सडक अवरुद्ध भएको छ । सो खण्डमा पैदल हिड्न सकिने अवस्था छैन् ।

नारच्याङ हुदै पहिरोथाप्ला जोड्ने पुरानो पैदलमार्ग हो । नारच्याङ घराप हुदै गाडपार सम्म अन्नपूर्ण गाउपालिकाको लगानीमा सडकको ट्याक खोलिएको छ । त्यसलाई विस्तार गरेर कोप्चेपानी हुदै पहिरोथाप्ला पु¥याएमा मुख्य सडक अवरुद्ध हुँदा यातायात सञ्चालन गरेर सेवा दिन सकिने गुरुङले बताउनुभयो ।

वैकल्पिक सडक निर्माणका लागि पहल गर्न गाउपालिका, प्रदेश र प्रतिनिधिसभाका सांसदलाई नारच्याङबासीले प्रस्ताव गरेका छन् । प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले नारच्याङमा बैकल्पिक सडक बनाउने प्रस्ताव सडक विभाग र भौतिक पूर्वाधार मन्त्रालयमा लैजाने बताउनुभयो ।

“मुख्य सडक दानातर्फबाटै सञ्चालन हुन्छ,” उहाले भन्नुभयो “दुई तर्फबाटै सडक भयो भने एउटा अवरुद्ध हुँदा अर्को सडक प्रयोग गर्न सकिने विकल्प हुन सक्छ ।” नारच्याङ खण्डको कालीगण्डकी र मृस्तिखोलामाथि जलविद्युत आयोजनाहरुले बेलिब्रिज बनाएका छन् ।

दानाका वडा अध्यक्ष नरसिंह पुर्जाले बैकल्पिक सडक बनाउन आवश्यक भएपनि मुख्य सडकनै नारच्याङबाट लैजान खोज्नु गद्दारी हुने बताउनुभयो । “सडक निर्माणका क्रममा दानाबासीको धरै घरखेतबारी पहिरोले खाएको छ,” उहाले भन्नुभयो “अहिले पहिरो गयो, बिग्रीयो भनेर सडकनै अन्यत्रबाट लैजान खोज्नु यहाँका जनताको लागि धोका हुन्छ । बैकल्पिक सडक बनाउन सकिन्छ ।”

काभ्रे र बादरजुङभिर खण्डमा सडकको ट्याक खुलेपनि ११ मिटर फराकिलो बनाउन चुनौति छ । करिब १ किलोमिटर पहाडमा सडक विस्तार कसरी गर्ने भन्ने विषयमा निर्णय भैसकेको छैन् । कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडक आयोजनाका इञ्जिनियर अश्विनिकुमार यादवले ट्याक परिवर्तन गर्ने विषयमा नसोचिएको बताउनुभयो ।

Baruwal Katuwal treders
प्रतिक्रिया दिनुहोस
Loading...