धौलागिरि खबर

बेनीमा सन्देशमुलक भित्तेलेखन

म्याग्दीको सदरमुकाम बेनी बजारका सार्वजनिक ठाउँमा चित्रकारहरुले कोरोना (भाइरस) सम्बन्धी सन्देशमुलक भित्तेलेखन गरेका छन् ।

लकडाउनका कारण फुर्सदीला भएका चित्रकारहरुले बेनीका विभिन्न ठाउँमा कोरोना भाइरसबाट बच्ने र फैलिन नदिने उपायका बारेमा सन्देशमुलक चित्र सहितको भित्तेलेखन गरेका छन् ।

ग्लोरी फाइन आर्ट ग्रुप, म्याग्दीको नेतृत्वमा जनचेतना अभिवृद्धीका लागि भित्तेलेखन गरेका हुन् । मंगला गाउपालिकाको बरंजा, बेनीको गलेश्वर, कालीपुल र जिल्ला समन्वय समितिको कार्यालय अगाडी भित्तेलेखन गरिसकेको समूहका सुरेन्द्र रानाले बताउनुभयो ।

Rara Auto Mobiels

‘‘सात जना चित्रकार भित्तेलेखनमा सहभागि छन्,’’ उहाले भन्नुभयो ‘‘ग्रामिण क्षेत्र र अन्य पालिकाका मुख्य ठाउँहरुमा पनि भित्तलेखेन गर्ने तयारीमा छौ ।’’ भित्तेलेखनका लागि व्यक्तिगत रुपमा पैसा जुटाएर रंग खरिद गरेका छन् ।

सरकारी निकाय र दाताबाट सहयोग नलिएको समूहका ललिन्द्र थापाले बताउनुभयो । राना, थापा, अमृत श्रीपाली, सुनिल बोहोरा, प्र्ेम तामाङ, भिम वि.क., मनोज थापा र अभिषेक बानिया भित्तलेखनमा सहभागि भएका छन् । उनिहरु म्याग्दीका आर्ट गर्दै आएका हुन्् ।

भित्तामा कोरीएको चित्रका साथै शब्द मार्फत सामाजिक दुरि कायम गर्न, भिडभाडमा नजान, साबुनपानीले हात धुन, भिडमा नजान, सरसफाईमा ध्यान दिन अनुरोध गरेका छन् ।

आफूसँग भएको सिपको सदुपयोग गरेर अघिपछि पनि काम लाग्ने गरि भित्तलेखन गरेको अमृत श्रीपालीले बताउनुभयो । यसअघि उनिहरुले गत माघमा पर्यटकीय स्थल टोड्केमा लाइभ पेन्टिङ गरेका रानाले बताउनुभयो । –

Baruwal Katuwal treders
प्रतिक्रिया दिनुहोस
Loading...