धौलागिरि खबर

मुनामा सार्बजनिक धारा निर्माण

मुना, जेठ २३ । म्याग्दीको धौलागिरी गाउँपालीका–३ मुनामा सार्बजनिक धारा निर्माण गरिएको छ । मुना स्थीत गाउँपालीकाको कार्यालय भवन नजिकै रहेको पानीको मुल सहितको पुरानो धारालाइ भत्काइ पिउने पानी, नुहाउने र कपडा धुने प्रयोजनका लागि ब्यबस्थित धारा निर्माण गरिएको हो ।
आर्थिक बर्ष २०७६।०७७ का लागि गाउँपालीकाले बिनीयोजन गरेको रु ३ लाख र बिनियोजित रकमको २० प्रतिशत स्थानीयको श्रमदानमा उक्त धारा निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष पुर्खमान पुनले बताउनुभयो । ५ वटा धारा जडान गरिएको छ ।
भूइ ढलान गरि कपडा धुनका लागि र नुहाएर बस्न समेत मिल्ने गरि सजिलो ठाउँ बनाइएको छ, अध्यक्ष पुनले भन्नुभयो, सुबिधा सम्पन्न धारा निर्माण भएपछि स्थानीयलाइ सहज भएको छ® ।
उक्त स्थानमा रहेको पानीको मुहान र पुरानो धारालाइ मर्मत गरि ब्यबस्थीत बनाएपछि नजिकै रहेको धौलागिरी आधारभुत बिद्यालयलाइ पनि पानी प्रयोग गर्न थप सहज भएको बिद्यालयका प्रध्यानाध्यापक मानबहादुर पुनले बताउनु भयो ।
२४ सै घण्टा प्रयाप्त पानी सहितको ब्यबस्थीत धारा बनेपछि नुहाउन र कपडा धुनको लागि निकै सजिलो भएको स्थानीय रीता शेरपुन्जाको भनाइ छ । सुरक्षीत पीउने पानीको सुबिधा पु¥याउन र सरसफाइका लागि सहज बनाउन मुना गाउँभरीका स्थानीयलाइ लक्षित गरि उक्त ब्यबस्थित धारा निर्माण गरिएको धौलागिरी गाउँपालीकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
Loading...