धौलागिरि खबर

गण्डकी प्रदेशको बर्खे अधिवेसन सुरु हुँदै

Hariyali Groups Pvt Ltd

 कोरोना कहरबीच गण्डकी प्रदेशसभाको बर्खे अधिवेशन आइतबारबाट सुरु हुँदै छ । प्रदेश मन्त्रिपरिषदको एक हप्ता अघिको बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष सिफारिस गर्ने निर्णण गरेको थियो । 

Chadani auto head

अहिलेको पोखराको नदिपुरस्थित गण्डकी प्रदेश सभा हलमा सामाजिक दूरी कायम गर्न नसकिने भएपछि पोखराको न्यूरोड स्थित १५ सय सिट क्षमताको पोखरा सभागृहमा बर्खे अधिवेश गर्ने गरी तयारी गरिएको हो । 

Rara Auto Mobiels

सभागृहको भाँचिएका कुर्सीको मर्मत, रंगरोगन, लगायत सभा बस्नका लागि गण्डकी प्रदेश सरकारको लगानीमा आवश्यक पूर्वाधार तयारी युद्धस्थरमा भएर तयारी अवस्थामा पुगेको छ । आइतबार बिहान १० बजे सम्म पनि मजदुर रंगरोगन गर्न व्यस्त थिए ।

अहिलेको पोखराको नदिपुरस्थित गण्डकी प्रदेश सभा हलमा सामाजिक दूरी कायम गर्न नसकिने भएपछि २२ देखि २५ लाखको लागतमा पोखरा सभागृह मर्मत सम्भार र रंगरोगन गरिएको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री तथा प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । 

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...