धौलागिरि खबर

८ जुनदेखि ला लिगा

Beni Sanjibani

आगामी जुन ८ बाट स्पेनिस ला लिगा फुटबल सुरु हुने भएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले शीर्ष डिभिजनको लिग ८ जुनदेखि सुरु हुने जनाएका छन्।

प्रधानमन्त्री सान्चेजले कोरोना भाइरसको महामारीबाट सुरक्षित रहनका लागि स्पेन सरकारले गर्नुपर्ने सबै काम गरिसकेकाले दैनिक गतिविधि सहज बनाउन ला लिगा गर्न अनुमति दिएको बताएका छन्। ‘स्पेनले त्यही काम गरिरहेको छ, जुन काम गर्नुपर्ने थियो। अब समय आएको छ कि हामीले हाम्रो पुरानो गतिविधिलाई फर्काउनु छ’, प्रधानमन्त्री साञ्चेजले भने, ‘जुन ८ बाट ला लिगा सुचारु हुनेछ।’

Gose add
Chadani auto head

यसअघि ला लिगा अध्यक्ष जाभिएर टेवासले लिग १२ जुनदेखि सञ्चालन हुन सक्ने जनाएका थिए। लिग कमिटी नियमित रुपमा सरकारसँगको छलफलमा थियो। कमिटीले स्वास्थ्य सम्बन्धी हरेक नियमको पालना गरेर फुटबल फर्काउने प्रतिवद्धता जनाएअनुसार प्रधानमन्त्री साञ्चेजले ८ जुनदेखि लिग सञ्चालन हुने घोषणा गरेका हुन्।

फुटबलमा फर्कन प्रयासरत ला लिगा क्लबहरुले केही हप्ता अघिबाट अभ्यास भने थालिसकेका छन्। लिग किमिटीले एक पटकमा १० जना मात्र खेलाडी राखेर प्रशिक्षण गर्न अनुमति दिए अनुसार नै क्लबहरुले प्रशिक्षण गरिरहेका छन्।

कोरोना भाइरसको महामारीका कारण स्पेनिस ला लिगा गत मार्च २३ मा स्थगित गरिएको थियो। यस सिजन बार्सिलोना शीर्ष स्थानमा छ। लिगमा ११ खेल बाँकी रहँदा बार्सिलोना रियल म्याड्रिडभन्दा दुई अंकले अघि छ। २७ खेल सकाएको बार्सिलोनाको ५८ र त्यति नै खेल खेलिसकेको रियलको ५६ अंक छ।

Digo clinic
प्रतिक्रिया दिनुहोस
Loading...