धौलागिरि खबर

भारत सबभन्दा बढी संक्रमित हुने देशको दसौँ स्थानमा

भारत विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) बाट सबभन्दा बढी संक्रमित हुने देशको दसौँ स्थानमा पुगेको छ। संक्रमित संख्यामा भारत इरानभन्दा माथि पुगेको हो।

भारतमा गत २४ घण्टामा ७ हजार ११३ नयाँ संक्रमित थपिएका छन्। यससँगै संक्रमित हुनेको संख्या १ लाख ३८ हजार ५३६ पुगेको छ। जसमध्ये ४ हजार २४ को मृत्यु भएको छ भने ५७ हजार ६९२ निको भइसकेका छन्।

Rara Auto Mobiels

पछिल्लो समय तीव्र रूपमा ब्राजिलमा संक्रमण फैलिरहेको छ। गत २४ घण्टाभित्र १६ हजार २२० थप संक्रमित भेटिएका छन्। यससँगै दोस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमित संख्या ३ लाख ६३ हजार २११ पुगेको छ। त्यस्तै थप ७०३ जनाको मृत्यु भएसँगै मृतक संख्या २२ हजार ६६६ पुगेको छ। तर वल्र्डडुमिटरका अनुसार यो संख्या २२ हजार ७१६ रहेको छ।

यस्तै पहिलो स्थानमा रहेको अमेरिकामा १९ हजार ६१४ नयाँ संक्रमित थपिएका छन्। यससँगै १६ लाख ४१ हजार ५८५ मा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ३ लाख ६६ हजार ७३६ ले स्वास्थ्य लाभ प्राप्त गरेका छन्। त्यस्तै ९७ हजार ६८६ ले ज्यान गुमाएका छन्। वल्र्डुमिटरको तथ्यांकमा भने यो संख्या ९९ हजार ३ सय रहेको छ।

पछिल्लो समय निरन्तर संक्रमण नियन्त्रणतर्फ गइरहेको स्पेनमा भने ४८२ थप नयाँ संक्रमित भेटिएका छन्। त्यस्तै थप ७४ जनाले ज्यान गुमाएका छन्। यसैगरी इटालीमा ५३१ नयाँ संक्रमित थपिएका छन् भने थप ५० जनाको मृत्यु भएको छ।

गत डिसेम्बरबाट फैलिएको कोरोना महामारीबाट हालसम्म विश्वभर ५४ लाख ५ हजार २९ जना संक्रमित भइसकेका छन्। त्यस्तै ३ लाख ४४ हजार ७६० को ज्यान गएको छ भने २१ लाख ६८ हजार ४०८ निको भइसकेका छन्।

कोरोनाबाट उच्च प्रभावित दस देशको आँकडा

अमेरिका
संक्रमित: १६,४१,४४७
मृत्यु: ९७,६९८
निको: ३,६६,७३६

ब्राजिल
संक्रमित: ३,६३,२११
मृत्यु: २२,६६६
निको: १,४९,९११

रुस
संक्रमित: ३,४४,४८१
मृत्यु: ३,५४१
निको: १,१३,२९९

बेलायत
संक्रमित: २,६०,९१६
मृत्यु: ३६,८७५
निको: १,१५१

स्पेन
संक्रमित: २,३५,७७२
मृत्यु: २८,७५२
निको: १,५०,३७६

इटाली
संक्रमित: २,२९,८५८
मृत्यु: ३२,७८५
निको: १,४०,४७९

फ्रान्स
संक्रमित: १,८२,७०९
मृत्यु: २८,३७०

निको: ६४,७३५

जर्मनी 
संक्रमित: १,८०,३२८
मृत्यु: ८,२८३
निको: १,६०,२८१

टर्की
संक्रमित: १,५६,८२७
मृत्यु: ४,३४०
निको: १,१८,६९४

भारत
संक्रमित: १,३८,५३६
मृत्यु: ४,०२४
निको: ५७,६९२

(स्रोतजोन्स हप्किन्स विश्वविद्यालय)

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...